News

गेष्ट हाउसमा झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

गेष्ट हाउसमा झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

बालाजुको एउटा गेष्ट हाउसमा तालिमे सैनिक जवानको शव फेला परेको छ। ललितपुरको लेलेमा तालिम गरिरहेका सैनिक जवान गेस्ट हाउसको कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्। 

बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको १०२ नम्बर कोठमा झुन्डिएको अवस्थामा ३० वर्षीय सैनिक जवना बिनायक कार्कीको शव भेटिएको हो।

उनी तालिम लिइरहेको ब्यारेकबाट दुई दिनको बिदा लिएर हिँडेका थिए। आइतवार उक्त गेस्ट हाउसमा कोठा लिएर बसेका उनलाई मंगलबार मृत अवस्थामा भेटिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले यसबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। 
 

विशेष