बालिका बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
![बालिका बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/shrestha.jpg)
बालिका वलात्कार गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन्। निजगढ नगरपालिका–२ का अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले वडा नम्बर २ कि एक नाबालिगलाई बलात्कार गरेको आरोप छ। श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर बलात्कार गरेको जनाईएको छ।
उनी विरुद्ध ०७९ असोज २५ मा इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए। दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा बलात्कार गरेको किशोरीले जाहेरी दिएकी थिइन्।
आइतबार राति करिब साढे ८ बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए।