News

आगलागिमा निवर्तमान वडाध्यक्षको मृत्यु

आगलागिमा निवर्तमान वडाध्यक्षको मृत्यु

कास्कीमा आईतवार राती भएको आगलागिमा परी निवर्तमान वडाध्यक्षको मृत्यु भएको छ। मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको मृत्यु भएको हो।

आइतबार राति करिव १० बजे उनको आफनै घरमा आगलागि भएको थियो। आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको जनाईएको छ। सुरजकुमार ०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । 

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गरेका थिए । उनका छोरा–बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको जनाईएको छ। 

आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी  दिए । तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । 

आगलागिको कारण खुलेको छैन।

विशेष