News

चिया बगानमा भेटियो युवक र युवतीको शव

चिया बगानमा भेटियो युवक र युवतीको शव

झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक जना युवक र एक जना युवतीको शव फेला परेको छ। आज बिहान उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

एभरेष्ट चिया बगानमा दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।

अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको डिएसपी पाठकले बताए ।

विशेष