News

सुनको मुल्यले बनायो नयाँ रेकर्ड, यसरी हुँदैछ कारोवार

सुनको मुल्यले बनायो नयाँ रेकर्ड, यसरी हुँदैछ कारोवार

सुनको मुल्यले मंगलबार हालसम्मकै उच्च भएको छ। मंगलवार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँले कारोवार भएको छ।

यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो ।

यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । 
 

विशेष