News

अविवाहित बालिकाले बच्चा जन्माइनः शंकास्पद ३ जनालाई जोगाउन भिनाजुमाथि आरोप

अविवाहित बालिकाले बच्चा जन्माइनः शंकास्पद ३ जनालाई जोगाउन भिनाजुमाथि आरोप

कञ्चनपुरको बेलौरी नगरपालिका–८ को कलकत्तामा एक अविवाहिक १४ वर्षीया बालिकाले शिशु जन्माएपछि गाउँ नै आश्चर्यमा परेको छ। बालिकाले माघ ३ गते छोरालाई जन्म दिएपनि गाउँमा भने ढिलो गरी जानकारीमा आएको हो।

स्थानीयका अनुसार बालिकाको गर्भमा शिशु रहेको परिवारका सदस्यले पहिला नै जानकारी पाएका थिए। तर, घटना लुकाउन खोजिएको थियो। ‘बाबुआमाले छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका रहेछन्,’ बेलौरी नगरपालिकाकाका उपमेयर जोगराम चौधरीले भने–‘त्यसैले पनि बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आयो।’

बाबु आमाले उक्त वच्चा वुहारीको भएको भन्दै सार्वजनिक गर्ने प्रयास गरेको तर, स्थानीयले बास्तविक्ता थाहा पाएपछि घट्ना सार्वजनिक भएको चौधरीको भनाई छ। उनले भने–‘बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएछ।’

उनकाअनुसार बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् ।

भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको इप्रका बेलौरीका इन्स्पेक्टर दानसिंह भण्डारीले  बताए । ती भारतीय नागरिक नातामा उनका भिनाजु रहेको प्रहरीले जनाएको छ। दयारामले गत वैशाखमा विवाह गर्ने भन्दै बालिकालाई भगाएर भारत लैजाने क्रममा सीमा क्षेत्रबाट उद्वार गरिएको जनाईएको छ।
 
प्रहरीले उक्त बच्चा भारतीय नागरिकको भएको बताएपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन प्रहरी आर्थिक चलखेलमा लागेको आरोप लगाएका छन् । उनिहरुका अनुसार बेलौरीका एक जना शिक्षक, बैंकका म्यानेजर र एक व्यापारीको नाम बालिकासँग जोडिएको छ। 
 

विशेष