News

चिया वगानमा यसरी भयो राजेश र पवित्राको प्रमेको दुःखद अन्त्य

चिया वगानमा यसरी भयो राजेश र पवित्राको प्रमेको दुःखद अन्त्य

परिवारले प्रेम सम्वन्ध अस्विकार गरेपछि झापाको कचनकवल गाउँपालिकामा एक जोडि प्रेमीले एउटै डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गरेका छन्। कचनकवल गाउँपालिका–४ केचनाको खुट्टामुनि भन्ने ठाउँमा रहेको एभरेष्ट चिया बगानको सिरिषको रुखमा झुण्डिएको अवस्थामा मंगलबार विहान उनिहरुको शव फेला परेको हो। 

कचनकवल–४ का २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी प्रेम सम्वन्धमा थिए। तर, परिवारले नस्विकारेपछि उनीहरुले एक वर्षअघि भागेर विवाह गरे। केटीका परिवारले पवित्रालाई उकासेर केटाविरुद्ध षडयन्त्र गर्यो। परिवारको दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन्। प्रहरीले अलग वस्ने सर्तमा मिलापत्र गराइदियो । मिलापत्रमा करिव ६ लाख रुपैयाँ खर्च भएको वताईन्छ।

मुद्दापछि दुवै आ–आफ्नो घरमा बसेका थिए। तर, उनिहरुको प्रेम भने अझै झांगिदै गएको पाईएको छ। परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटेका रहेछन्। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर उनीहरु विदा भए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको पाईएको छ।

केटाले आफूबाट छुटेकी प्रेमिकाको लागि चाँदीका चुरा बनाएका रहेछन्। उनको गोजीमा चुरा फेला परेको छ। केटीले सिउँदोमा सिन्दूर छ। उनले केटाको प्रेमको निसानी स्वरुपमा सिन्दुर लगाएको हुन सक्ने स्थानीयको अनुमान छ। 

परिवारले उनीहरुको सम्वन्धलाई स्विकार गरेको भए यो अवस्था नआउने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन्। ‘उनीहरूबीच भेटमा के भयो थाहा छैन। घटनाको प्रकृति हेर्दा एक हुन नसक्ने भएपछि एउटै डोरीमा झुन्डिएको हुन सक्ने देखियो।’ राजवंशीले भने–‘घटनाबारे अनुसन्धान थालिएको छ। घटनाको वास्तविकता अनुसन्धानपछि नै बाहिर आउला।’

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरेको छ। 

यसअघि गत साउनमा कचनकवल–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए। मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेका थिए। 

यो पनि,

विशेष