News खेल

बलात्कार आरोपी सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन आईसीसीको ग्रिन सिग्नल

बलात्कार आरोपी सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन आईसीसीको ग्रिन सिग्नल

बालात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने सम्भावना वलियो बन्दै गएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको छ। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ ।

तर,सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुरा आएपछि तत्कालै लामिछानेलाई टिममा फर्काउने विषयमा क्यानले कुनै निर्णय लिएको छैन। बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो ।

जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणलगायतका कतिपय विषयमा वन्देश गरिएको छ। प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गरेको छैन।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् । तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ ।
 

सन्दीप लामिछाने

विशेष