News खेल

महबुबले दुई खेलाडीमार्फत स्पट फिक्सिङ गराउन खोजेको प्रहरीको निस्कर्ष

महबुबले दुई खेलाडीमार्फत स्पट फिक्सिङ गराउन खोजेको प्रहरीको निस्कर्ष

महबुब आलमले कम्तिमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ ।

महबुब आलमले कम्तिमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ ।

स्पट फिक्सिङको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आलमलाई सोमबार बिराटनगरबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेका थिए । जननकपुर रोयल्सबाट खेलेका आलमले कम्तिमा दुई खेलमा त्यस्तै खेलेको देखिएको प्रहरीको दाबी छ ।

अर्का नेपाली खेलाडीलाई नेपाली व्यक्तिले नै एप्रोच गरेको पाइएको प्रहरीले बताएको छ ।

म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका आलमसहित दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो । टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।
 

विशेष