News

गाउँपालिकाको घोषणाः चोर समात्नेलाई १० हजार पुरस्कार

गाउँपालिकाको घोषणाः चोर समात्नेलाई १० हजार पुरस्कार

प्यूठानको एउटा स्थानीय तहले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेपछि गौमुखी गाउँपालिकाले यस्तो घोषणा गरेको हो।

गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । सूचनामा गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि आग्रह गरिएको छ।

गाउँपालिकाले जारी गरेको सुचनामा घुमन्ते व्यापारीलाई पनि गाउँ प्रवेशमा रोक लगाईएको छ। अर्को सूचना नआएसम्मका लागि उनिहरुलाई गाउँ प्रवेशमा रोक लगाएको हो। ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ’– प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ।

पछिल्लो १५ दिनभित्र प्यूठानका विभिन्न स्थालमा शंखलाबद्ध रुपमा नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । घर, पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको गाउँपालिकाले जनाएको छ। 
 

विशेष