News

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन हुने

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन हुने

आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय गरेको हो।

प्रेम आचार्य प्रकरण र अर्थतन्त्रमा उनले उठाएका नीतिगत तथा व्यवहारिक विषयमा छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्। आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए।

इलाम पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षिय आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सवार गाडी निस्कनेबित्तिकै पेट्रोल छर्केर आगो लगाएका थिए। सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनलले आफूलाई आगो लगाएका थिए। 

प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो। त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो। उनले आफूमाथि आगो लगाउनुअघि सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारण खुलाएका छन्। 

यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिईएको छ।

यो पनि,

विशेष