News

यातायात कार्यालयका हाकिमलाई कस्ले दल्यो कालोमोसो ?

यातायात कार्यालयका हाकिमलाई कस्ले दल्यो कालोमोसो ?

धनकुटा स्थित यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो घसेर कारवाही गरिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै पुगेर लुईटेललाई कालोमोसो दलेका हुन्। 

सेवाग्राहीको काम गर्दा घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्ब्यवहार गरेको जनाईएको छ। पार्टीका जिल्ला संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्। 

विज्ञप्तिमा भनिएको छ–‘लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल–विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले चेतावनीस्वरु सांकेतिक कारवाही गरेका हौँ।’

सेवाग्राहीबाट लुइँटेलले घुस लिने गरेको कुरा जिल्ला संगठन समितिअन्तर्गतको न्यायिक समितिमा उजुरी आएको दाबी विज्ञप्तिमा गरिएको छ। छानबिनका क्रममा घुस लिएको प्रमाणित भएपछि कालोमोसो दलेर कारवाही गरिएको जिकिर गरिएको छ। 
 

यातायात व्यवस्था कार्यालय बाबुराम लुइँटेल

विशेष