News

प्रेमप्रसाद आचार्यले नाम लिएकाहरु विरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

प्रेमप्रसाद आचार्यले नाम लिएकाहरु विरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

इलामको सूर्योदय नगरपालिका–११ का ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहअघि फेसबुकमा नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।

अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन्। आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मंगलबार संसद भवनअगाडिको नयाँबानेश्वरस्थित सडकमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा ६ हजार ३३५ शब्दको एक पोस्टमार्फत विभिन्न ब्यक्तिको नाम लिएका थिए। जसमा गृहमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की समेतको नाम छ।

उनले विभिन्न व्यवसाय गर्दा पनि दलाल, विचौलिया र ठूला व्यापारिक घरानाले शोषण मात्रै गरेको आरोप फेसवुकमा लगाएका छन। आफ्नो लाखौँ पैसा बजारमा फस्दा ६० लाखभन्दा बढी ऋण लागेर व्यवसाय नै डुब्न पुगेपछि आफूले आत्मदाहको निर्णय लिएको उनले उक्त पोस्टमा उल्लेख गरेका छन्।

यो पनि,

आत्मदाह प्रेमप्रसाद आचार्य

विशेष