News

बामदेव गौतमलाई नेकपा एसलाई भित्र्याउने तयारी, भुसाल महासचिव वन्दै

बामदेव गौतमलाई नेकपा एसलाई भित्र्याउने तयारी, भुसाल महासचिव वन्दै

एमालेबाट विद्रोह गरेर स्वतन्त्र हुँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिव बनाउने तयारी भएको छ।

हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको एकीकृत समाजवादीका एक पदाधिकारीले वताए । गत पुस २९ गते भूसालले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका थिए । भूसाललाई तत्कालै सचिवालय सदस्यमा मनोनीत गरिएको थियो। 

अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउनेगरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१–२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।

०७१ को नवौं महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए । तर गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भए । एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर गत २३ असोजमा भूसालले एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । चुनाव जित्न भने सकेनन् ।

उनी एमालेका छविलाल विश्वकर्मासँग ३५६४  मतान्तरले  पराजित भएका थिए। एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरिरहेको छ। गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् ।

आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए । गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । 
 

विशेष