News

प्रचण्डलाई राप्रपाको चुनौती, प्रधानमन्त्रीको अभिब्यक्ति संविधान विपरित

प्रचण्डलाई राप्रपाको चुनौती, प्रधानमन्त्रीको अभिब्यक्ति संविधान विपरित

संघीयता र गणतन्त्र विरोधी अभिब्यक्ति दिने मन्त्रीलाई स्पष्टिकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिब्यक्तिलाई राप्रपाका नेताहरुले चुनौती दिएका छन् । प्रधानमन्त्रीको यही अभिब्यक्तिका कारण सरकारमा सहभागि भएको राप्रपाका नेता रुष्ट वनेका छन्। 

प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रियसभामा सम्बोधन गर्दै आफ्नो सरकारमा सहभागी कोही पनि मन्त्रीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका एजेन्डामाथि असहमति राख्न नपाउने उर्दी जारी गरेका थिए । कसैले फरक विचार राखेको खण्डमा आफूले स्पष्टीकरण सोध्ने उनको भनाई थियो। 

दाहालको सो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीयताका विषयमा फरक मत राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित थियो। सरकारमा सहभागीमध्ये यि दुई पार्टीले परिवर्तनका एजेन्डाहरूमा फरक विचार राख्दै आएका छन् । 

राप्रपाबाट कानूनमन्त्री भएका ध्रुवबहादुर प्रधानले हालै एक टेलिभिजन अन्तर्वार्तामा संघीयताबारे आलोचनात्मक टिप्पणी गरेका थिए । उनकै अभिब्यक्तिलाई लक्षित गर्दै दाहालले स्पष्टिकरण सोध्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिपछि राप्रपाका नेताहरुले उक्त आदेश आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । राप्रपा सरकारमा जाँदैमा आफ्ना एजेन्डा नछोड्ने उनिहरुको भनाइ छ । ‘हामी आफ्ना मुलभुत एजेन्डा र आस्था नै परित्याग गरेर सरकारमा सहभागी भएका होइनौं । यो त एउटा विशिष्ट परिस्थितिमा गरिएको सहकार्य हो’ राप्रपा महामन्त्री शरदराज पाठकले भने–‘प्रधानमन्त्रीको अभिव्यक्ति संविधानसम्मत छैन।’

पार्टी अध्यक्ष नै सरकारमा भएको बेलामा आफ्ना एजेन्डाहरुमाथि नबोल्ने वा मौन बस्ने भन्ने प्रश्न नै नआउँने उनको भनाई छ। नेपालको संविधानले गणतन्त्र र संघीयताजस्ता एजेन्डाहरूलाई अपरिवर्तनीय नमानेको पनि पाठकले सम्झाए ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीमा औपचारिक छलफल हुने पनि उनको भनाई छ।
 
विशेष