News अपराध सुरक्षा समाज

आमरण अनसन वस्ने योजना बनाएका आचार्यले किन गरे आत्मदाह ?

आमरण अनसन वस्ने योजना बनाएका आचार्यले किन गरे आत्मदाह ?

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेका इलाम पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षिय प्रेमप्रसाद आचार्यले घट्नाको केही घण्टाअघिसम्म आमरण अनसन वस्ने योजनामा थिए। आफु आमरण अनशन बस्ने योजनामा रहेको सन्देश उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पठाए।

तर, मंगलबार दिउँसो उनले आफ्नै शरीरमा आगो लगाए। प्रहरीले आचार्यलाई उद्वार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइए पनि बचाउन सकिएन। आत्मदाह गर्नु अघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेका छन। तर, उनको योजना भने अचानक वदलिएको पाईएको छ। आचार्यले आफूलाई पनि सन्देश पठाएको तर, त्यसमा आत्मदाह नभई आमरण अनसन वस्ने योजना रहेको राप्रपाका उपाध्यक्ष मिश्रले जनाएका छन् ।

‘म आमरण अनशन बस्ने योजनामा छु। प्रेमजी, तपाईंले अस्ति बिहान मलाई पठाएको सन्देश हो यो’, उपाध्यक्ष मिश्रले बिहीबार फेसबुकमा लेखेका छन्, ‘तर त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ।’ 

‘तपाईंले आत्मदाहपूर्वको पत्रमा उल्लेख गर्नुभएझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कैयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।’– भन्दै मिश्रले नेपाली समाज इतिहासमै सबैभन्दा बढी ‘पतीत’ भएको दाबी पनि गरेका छन्। 

‘विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरिबीबाट ग्रस्त थियो । तर यो तहको ‘पतीतता’ बाट ग्रस्त थिएन’, मिश्रले लेखेका छन्, ‘त्यस्तो ‘पतितता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।’

आचार्यले ऋण तिर्न श्रीमतिलाई सहयोग गरिदिन गरेको अपिलमा आफूले पनि ‘सानो सहयोग’ गर्ने निर्णय गरेको मिश्रले बताएका छन्।

यो पनि,

आत्मदाह प्रेमप्रसाद आचार्य

विशेष