News

रविले आईतबार नै पाउन सक्छन् प्रतिलिपी नागरिक्ता

रविले आईतबार नै पाउन सक्छन् प्रतिलिपी नागरिक्ता

सर्वोच्च अदालतको आदेशले वर्खास्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रकृया पुरा गरे आईतवार नेपाली नागरिक्ता पाउने भएका छन् ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पनि पाइसकेकाले त्यो निस्सा जिल्ला प्रशासन कार्यालयमा वझाएर प्रकृया सुरु गरे नयाँ पैतिलिपी नागरिक्ता पाउने जनाईएको छ।

अमेरिकी नागरिक्ता त्यागेको निस्सा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएका हुन् । निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउने जनाईएको छ। 

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भने प्रक्रिया पु¥याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ ।

‘सर्वोच्च अदालतको संक्षिप्त निर्णय थाह पायौं, कुनै नकारात्मक टिप्पणी वा निर्देशनात्मक आदेश छैन भने हामीले तत्काल नागरिकता दिन सक्छौं। तर अदालतकै आदेश भएकाले एकपटक गृहमन्त्रालयसँग परामर्श गर्छौं होला ।’– उनले भने।

तर, एक पक्षले भने रविलाई अव वंशजको नागरिक्ता दिने की अंगिकृत भन्दै प्रश्न उठाएका छन्। पुर्वअमेरिकी नागरिक भएको प्रमाणित भईसकेपछि लामिछानेलाई वंशजको नागरिक्ता दिनु गैरसंवैधानीक हुने उनिहरुको तर्क छ।

विशेष