News

कोठामा कोईला बालेर सुतेका तीन नेपालीको भारतमा मृत्यु

कोठामा कोईला बालेर सुतेका तीन नेपालीको भारतमा मृत्यु

भारतको उत्तरप्रदेशमा तीन जना नेपालीको निसासिएर मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका उनीहरुको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

उत्तर प्रदेशको मेरठमा भएको यो घट्नामा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्का वस्ने चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको जनाईएको छ।

भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतेको थियो। मृतकका घरमा दुई छोरी र एक छोरा रहेको आफन्त गोपी भुलले जानकारी दिए ।
 

विशेष