News खेल

‘टेनिस’ बलले कैदी/बन्दीलाई क्रिकेट सिकाउँदै सन्दीप लामिछाने

‘टेनिस’ बलले कैदी/बन्दीलाई क्रिकेट सिकाउँदै सन्दीप लामिछाने

बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेको क्रिकेटर सन्दीप लामिछानेको दिनचर्या कैदी/वन्दीसँग क्रिकेट खेलेर वितिरहेको छ। उनी केन्द्रीय कारागार सुन्धारामा छन् । 

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जेल प्रशासनका अनुसार उनी अरु कैदीहरुसंगै बस्छन् भने भेटघाटका लागि पनि प्रायजसो परिवारका सदस्य मात्रै पुग्ने गरेका छन् ।

कारागार कर्मचारीका अनुसार उनी ‘टेनिस’को बलले कारागारभित्र रहेको खेलमैदानमा क्रिकेट खेल्ने र अरुलाई पनि सिकाउँने गर्छन। उनले प्रशिक्षकको रुपमा अरुलाई ब्याटिङ र बलिङ गर्न सिकाउने गरेको कर्मचारीहरु बताउँछन् ।

सन्दीपविरुद्ध १७ वर्षीया नाबालिकालाई लात्कार गरेको उजुरी परेको छ। उजुरीमा भदौ ५ मा काठमाडौंको पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोप छ। सन्दीप भदौ ६ गते क्रिकेट खेल्न केन्या पुगेका थिए ।

उनी केन्याबाटै ‘क्यारेविएन क्रिकेट लिग’ खेल्न जमैका पुगेका थिए । जमैकामै रहेको बेला उनीविरुद्ध प्रहरी वृत्त गौशालामा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटन निवेदन दिएका छन् । तर उच्च अदालतमा हालसम्म निवेदन उपर सुनुवाइ हुन सकेको छैन् । 
 

विशेष