News

रविको नागरिक्ता प्रकरणको वहसमा न्यायाधिशले किन उठाए पञ्चायत फर्काउने कुरा ?

रविको नागरिक्ता प्रकरणको वहसमा न्यायाधिशले किन उठाए पञ्चायत फर्काउने कुरा ?

न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै अवस्थामा रवि लामिछानेले नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य भएको बताएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुरु भएको बहसका क्रममा उनले यस्तो वताएका हुन। रविको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।’– खतिवडाले भनेका छन्।

वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यक कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किने हो त भन्दै प्रश्न गरेका थिए । त्यसमा पनि न्यायधीश खतिवडाले कडा जवाफ फर्काए ।

उनले भने, ‘नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ?’ अहिले रविका वकिलहरूको बहस जारी रहेको छ । सम्भवःत आजै मुद्दाको फैसला आउनेछ । 
 

विशेष