News

दुर्घटना भएको यती एयरको ‘ब्ल्याक बक्स’ आज सिंगापुर लगिने

दुर्घटना भएको यती एयरको ‘ब्ल्याक बक्स’ आज सिंगापुर लगिने

चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जाने गरी पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ आज सिंगापुर लगिने भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानका लागि ब्ल्याक बक्स पठाउन लागिएको हो।

उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर लान लागिएको जनाईएको छ। सिंगापुर यातायत सुरक्षा अनुसन्धान ब्युरोमा विज्ञहरूको मद्दतले ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स पठाउन लागिएको हो।

उक्त ब्ल्याक्स बक्सको अनुसन्धान कहिलेसम्म सकिन्छ भन्ने विषयमा भने अहिले नै केही किटान गर्न नसकिने दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी गराए ।

‘दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर लगिने निर्णय भएको छ । उक्त अध्ययन अनुसन्धान सक्किएपश्चात मात्र दुर्घटनाको कारणबारे एउटा निचोडमा पुग्न सकिने अवस्था हुन्छ’ उनले भने–‘यद्यपि उक्त अध्ययन अनुसन्धान यति समयमै सकिन्छ भन्न सकिने अवस्था छैन, सकेसम्म चाँडो गर्ने हाम्रो प्रयत्न हुनेछ।’
 

ब्ल्याक बक्स

विशेष