News

माफियाले पैसाको वार्गेनिङ गरेको समाचार वाहिरिएपछि एनएमसीले जारी गर्यो सूचना

माफियाले पैसाको वार्गेनिङ गरेको समाचार वाहिरिएपछि एनएमसीले जारी गर्यो सूचना

मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परिक्षामा आर्थिक चलखेल भईरहेको सामाचार सार्वजनिक भएपछि नेपाल मेडिकल काउन्सिलले एक सूचना जारी गरी गलत आश्वासनको पछाडि नलाग्न आग्रह गरेको छ।

यस विषयमा माघ ११ गते नेपाल आजले समाचार प्रकाशित गरेको थियो। त्यसको केही दिनपछि काउन्सिलले सूचना जारी गरेर आफुलाई चोख्याउन खोजेको देखिएको छ।

‘नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा र विशेष परिक्षालाई थप सुरक्षित र प्रविधिमैत्री वातावरणमा संचालन गर्दै आईरहेको सर्वविदितै छ। केही दिन यता विभिन्न ब्यक्ति तथा कोचिङ कक्षा संचालन गर्ने ब्यक्ति÷संस्थाहरुले परिक्षार्थीहरुलाई झुटो आश्वासन दिई आर्थिक लाभ लिन खोजेको र काउन्सिलको वदनाम गरी अविश्वास उत्पन्न गराउन खोजेको गुनासो प्राप्त हुन आएको हुँदा यस्ता भ्रामक र गलत आश्वासनको पछि नलागी काउन्सिलबाट निर्दिष्ट पाठ्यक्रम अनुसारको तयारी गरी परिक्षामा सामेल हुन सवै परिक्षार्थीहरुलाई सुचित गरिन्छ’ सूचनामा भनिएको छ–‘यसका साथै यस्तो गलत आश्वासनको जानकारी प्राप्त हुन आएमा त्यसको जानकारी यथाशिघ्र काउन्सिललाई दिनुहुन सम्वन्धित सवैमा अनुरोध छ।’

यता, कतिपय माफियाहरुले पास गराउने ठेक्का नै लिएर लाखौको वार्गेनिङ गरिरहेको जनाईएको छ। स्रोतका अनुसार माफियाहरुले विद्यार्थीलाई फोन गरेर र विभिन्न स्टडी सेन्टरहरुमा वोलाएर रकमको वार्गेनिङ गरिरहेका छन् ।

प्रति विद्यार्थी २० देखि २५ लाखसम्म माग्ने गरेका उनिहरुले ‘भनेजती पैसा पाए परिक्षामा पास गराउने जिम्मा आफुहरुले लिने’ वताउने गरेको श्रोतको दावी छ। माफियाले काउन्सिलका कतिपय पदाधिकारीको नाम लिएर ‘उनिहरुसँग हाम्रो कुरा भएको छ, पैसा दिनोस ढुक्कसँग पास भएको प्रमाण पत्र लिनोस’ भन्दै प्रलोभना दिने गरेको पाईएको छ।

एक चिकित्सकका अनुसार नेपाल मेडिकल काउन्सिलका कतिपय पदाधिकारीहरु नै विद्यार्थी चीन र बंगलादेश पठाउने ठेकेदार तथा निजी मेडिकल कलेजका सञ्चालक रहेकाले यो कुरामा सत्यता हुनसक्ने देखिएको छ।

यो पनि,

विशेष