News

रवि लामिछानेका समर्थकलाई युवराज संग्रौलाको यस्तो सुझाव

रवि लामिछानेका समर्थकलाई युवराज संग्रौलाको यस्तो सुझाव

रवि लामिछानेको नेपाली नागरिक्ता खारेज हुने फैसला सुनाएपछि सर्वोच्च अदालत र न्यायाधिशलाई तथानाम गरिरहेको जमातलाई लेखक युवराज संग्रौला

संग्रौलाले चित्तवुझ्दो जवाफ दिएका छन् ।

शनिवार सामाजिक सञ्जाल फेसवुकमा संग्रौललाले ‘भएको एउटा घर वेचेर नयाँ घर किनेको मान्छेले नयाँ घर वेच्दैमा पुरानो घर स्वतः आफनो हुने’ भ्रम त्याग्न र आफनो मन परेको मान्छेलाई जिम्मेवार नेता बनाउन आग्रह गरेका छन् ।

‘एक जनाले आफ्नो घर बेचेछ र अर्को किनेछ। उसलाई नयाँ घर भन्दा पुरानै घरमा बसेर ब्यापार गर्दा फाइदा हुने चेत खुलेछ। नयाँ घर बेचेछ। उसलाई लागेछ, नयाँ घर बेचेपछी पुरानो घर स्वतः फर्किन्छ’ उनले फेसवुकमा लेखेका छन्–‘होइन, पुरानो घर कानुन बमोजिम किनेर आफ्नो नाममा ल्याउनु पर्छ। यति कुरा बुझेर ‘गाली, फोहोर कुरा गर्न बन्द गर र आफ्नो मन परेको मान्छेलाई जिम्मेवार नेता बनाउ।’ तिम्रा लेखाइ हेर्दा लाग्छ, उनका पछाडि असभ्य मानिसको जमात ठुलो छ।’

यतिमात्र होईन, संग्रौलाले पत्रकार, वकिल र वौद्धिक ब्यक्तिलाई आफनो जिम्मेवारी पुरा गर्न पनि आग्रह गरेका छन् । ‘मेरा देशका निरीह पत्रकार, वकिल, बौद्धिक आदि। उनलाई देशका गरीब, बर्बाद अर्थतन्त्र र बिदेशीको रंजाइको चिन्ता छैन। एक जना एकजना देशका संस्थाहरुका गल्तीले चर्चामा पुगेका ब्यक्तिका बारेमा यसरी छ्लफल गर्दै छ्न के उनी नेपालका माहात्मा गान्धी वा मन्डेला वा अब्राहम लिकंन हुन’ उनले लेखेका छन्–‘सर्बोच्चले एउटा गल्तीलाई करेक्सन गरेर उस्को दाइत्व पूरा गर्यो। बस, कानुन भन्दा माथि कोही हुन्न।’
 

विशेष