News

प्रेमप्रसाद आचार्यकी श्रीमतीद्वारा एक दर्जन संस्था र ब्यक्ति विरुद्ध किटानी जाहेरी

प्रेमप्रसाद आचार्यकी श्रीमतीद्वारा एक दर्जन संस्था र ब्यक्ति विरुद्ध किटानी जाहेरी

संसद भवन आगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले एक दर्जन संस्था र ब्यक्ति विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसूरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी भन्दै उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन्। 

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ। जाहेरीमा ‘उक्त घटना के कसरी घट्न गयो? आवश्यक अनुसन्धान गरी पाऊँ’ भनिएको छ। 

परिसरका प्रमुख, एसएसपी दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिए। काठमाडौंको नयाँ बानेश्वरमा माघ १० गते शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो।

आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिएकी हुन्। ‘मृतक श्रीमान्ले आत्मदाह गर्नुअघि आफ्नो फेसबुकमापोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शंकाको आधारमा १२ कसूरदार रहेको किटानी जाहेरी पेस गर्दछु’, जाहेरीमा भनिएको छ।
 

विशेष