News मोडेल वाच

मन्त्री बन्ने दौडमा ऋषि धमलाकी पत्नी एलिजा, रेशम चौधरीको पार्टीमा प्रवेश गर्दै

मन्त्री बन्ने दौडमा ऋषि धमलाकी पत्नी एलिजा, रेशम चौधरीको पार्टीमा प्रवेश गर्दै

चर्चित टेलिभिजन प्रश्तोता एवम् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिमा प्रवेश गर्ने भएकी छन्।

अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा शनिबार भैरहवामा आयोजित एक कार्यक्रम मार्फत उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन्। 

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा पुगिसकेकी छन्।

गौतमलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ। नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले बताएको छ ।

एलिजा गौतम निकट स्रोतका अनुसार उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । ‘उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।

त्यसैगरी एलिलासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गर्दै छन् । उनी बैंकर तथा व्यवसायी हुन् । माघ ११ गते सत्तारुढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ता गराउन दाङको निर्वाचन कार्यालय पुगेकी उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले दलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता नहुने दाबी गरेकी छन् । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा जाने बताइएको छ।

एलिजा गौतम

विशेष