News विदेश

आकाशमा ठोक्किएर चकनाचुर भए भारतीय सेनाका दुइ विमान

आकाशमा ठोक्किएर चकनाचुर भए भारतीय सेनाका दुइ विमान

भारतको राजस्थानमा सेनाको लडाकु विमान आकाशमै आगलागी भएर दुर्घटना भएको छ। भरतपुरको उचैन प्रहरी चौकी क्षेत्रको पिङगोरा गाउँ नजिकै विमान खसेर चकनाचुर भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

घटनाको जानकारी पाएपछि प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका छन्। स्थानीयको भीड जम्मा भएको छ। स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेको थियो। विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको हो।

सुखोई–३० र मिराज २०० एयरक्राफ्ट आपसमा ठोक्किएर दुर्घटना भएको जनाईएको छ। दुवै एयरक्राफ्ट्सले ग्वालियर एयरबेसबा उड़ान भरेका थिए। थप जानकारी आउन वाँकी रहेको भारतीय संचार माद्यमले जनाएका छन्।
 

विशेष