News

रविको पार्टीमा रातारात फेरियो पार्टी सभापति र संसदिय दलको नेता

रविको पार्टीमा रातारात फेरियो पार्टी सभापति र संसदिय दलको नेता

रवि लामिछाने पार्टीको सदस्यसमेत नरहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई बनाईएको छ। शुक्रबार राति बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई अध्यक्षसहित संसदीय दलको नेता चयन गरेको हो।

सर्वाेच्च अदालतले शुक्रवार पार्टीका तत्कालीन सभापति, गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता निष्क्रिय तथा अवैध भएको ठहर गरेको थियो। सँगै उनको सभापति, सांसद तथा मन्त्री पद गएको थियो।

लगत्तै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको जनाईएको छ।

‘कानूनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ’ पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले भनेका छन् । 

यो पनि,

रवि लामिछा

विशेष