News

गृहमन्त्रलायले पूर्वमन्त्रीको लिष्टमा पनि राखेन रविको नाम

गृहमन्त्रलायले पूर्वमन्त्रीको लिष्टमा पनि राखेन रविको नाम

नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतद्वारा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन। 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।

त्यस लगत्तै मन्त्रालयले उनको नाम र फोटो गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा ०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने समेटिएको छैन। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे। उनले मन्त्री क्यावाटर छोडिसकेका छन्।

लामिछानेको नागरिक्ता वदर भएसँगै दोहोरो राहदानी प्रयोग गरेको विषयमा अनुशन्धान गर्ने बाटो खुल्ला भएको छ।
 

रवि लामिछाने

विशेष