News

रवि लामिछाने फेरी पनि गृहमन्त्री बन्ने सम्भावना

रवि लामिछाने फेरी पनि गृहमन्त्री बन्ने सम्भावना

सर्वोच्च अदालतले रद्द गरेको नागरिक्ता जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट पूनः प्राप्ति गरेपछि रवि लामिछाने के गर्लान ? भन्ने चासो वढेको छ। कतिपयले अव उनी पार्टी सभापति भएर उपचुनावको तयारीमा लाग्छन् भन्ने अनुमान गरेका छन् भने कतिपयले भने उनी फेरी उपप्रधान तथा गृहमन्त्री हुने वताईरहेका छन्।

सर्वोच्चले नागरिक्ता वदर गरेपछि पत्रकारले ‘अव के गर्नु हुन्छ’ भनेर सोध्दा भने उनले ‘थाहा छैन’ भनेर उत्तर दिएका थिए। रविका निकटस्थले भने नागरिक्ता पुनप्र्राप्तिपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त हुने बताईरहेका छन् ।

नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ ।

हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाल आफैले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनु ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ तयारी भएको हुनसक्ने गृह स्रोतको दाबी छ । सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ ।

तर, प्रधानमन्त्री दाहालले यस्तो सदाशयता देखाउने सम्भावना क्षीण रहेको स्रोत बताउँछ । दाहालका लागि यो गठबन्धन खासै कम्फर्टेबल छैन । एकातर्फ एमाले प्रभुत्वको गठबन्धनभित्र उनी निस्साइरहेका छन् । अर्कोतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी उनका निम्ति अनुकूल शक्ति होइनन् । राप्रपा ‘परिवर्तनविरोधि’ पार्टी हो भने रास्वपा पनि संघीयताको खिलाफमा छ । यी दुवै दल माओवादीभन्दा एमालेपट्टि बढी ढल्किएका छन् ।

यो पनि,

रवि लामिछाने

विशेष