News

दम्भले मन्त्री गुमाएका लामिछाने लुरुलुरु सिडिओ कार्यालय जाँदै

दम्भले मन्त्री गुमाएका लामिछाने लुरुलुरु सिडिओ कार्यालय जाँदै

लामो समयसम्भ दम्भ देखाएर नेपाली नागरिक्ताका लागि प्रकृया नै सुरु नगरेका रवि लामिछाने सर्वोच्च अदालतको आदेशपछि आजै लुरुलुरु जिल्ला प्रशासन कार्यालय जान तयार भएका छन् । 

सर्वोच्चले पुरानो नागरिक्ता रद्द गरिदिएपछि नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिन आज उनि जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन। अनागरिक रहेका उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ।

उनी आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारी रहेको जनाईएको छ। ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो’ गृह स्रोतले भन्यो–‘आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।’
 

रवि लामिछाने

विशेष