News

प्रमोद खरेलको ‘कन्सर्ट’ मा ठेलाठेल हुँदा ३० जनाभन्दा वढि घाईते

प्रमोद खरेलको ‘कन्सर्ट’ मा ठेलाठेल हुँदा ३० जनाभन्दा वढि घाईते

गायक प्रमोद खरेलको ‘कन्सर्ट’ मा भिडमा परेर ३० जनाभन्दा वढि घाईते भएका छन् ।

धनकुटा महोत्सवमा खरेलको कन्सर्ट हेर्न आएकाहरुको अत्याधिक भिडका कारण उनीहरु घाईते भएका हुन। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालले जनाएको छ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । घट्नापछि आजका सबै कार्यक्रम स्थगन भएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

शनिबार राति धनकुटा ५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।
 

विशेष