News

धनकुटा महोत्सवमा ३० जना घाईते हुनेगरी यसरी भयो दुर्घटना

धनकुटा महोत्सवमा ३० जना घाईते हुनेगरी यसरी भयो दुर्घटना

शनिबार राति धनकुटामा आयोजित महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएका सहभागीहरुको ठेलाठेल हुँदा ३० जना घाइते भए। घाईते मध्ये १२ जना उपचारपछि घर फर्किएका छन् भने १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ।

प्रतिष्ठानमा उपचार हुन नसकेपछि दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगर पठाईएको छ। गायक खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ।

माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो । तर, यो घट्नापछि सुरक्षाको कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको छ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए । 

को को भए घाईते ?
घाइते हुनेमा धनकुटा नगरपालिका –५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी छ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन् ।

यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दिप शाह, नाम नखुलेको करिब तीन÷चार वर्षका एक बालक रहेका छन् । 
 

विशेष