अनागरिक लामिछानेलाई विशेष नागरिकको सुविधा, पालो मिचेर लिए नागरिक्ता
![अनागरिक लामिछानेलाई विशेष नागरिकको सुविधा, पालो मिचेर लिए नागरिक्ता](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/rabi-lamichhane-0ac31.jpg)
निलम्वित गृहमन्त्री रवि लामिछानेले आईवार पुनः नेपाली नागरिकता लिए। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। ०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनले प्रशासनमा पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता पाएका हुन।
उनले नागरिक्ता लिँदा भने उनको भनाई र गराईमा फरक देखिएको छ। पूर्वटेलिभिजनकर्मी समेत रहेका लामिछाने आफुले कार्यक्रम चलाउँदा नागरिकको सुविधाका विषयमा रटान लगाउँथे। नागरिकको अगाडि रहेर नेता तथा मन्त्रीले कुनै सुविधा लिए त्यसको उछित्तो काढ्थे।
तर, उनी स्वयमले भने विशेष सुविधा लिएर नागरिक्ता प्राप्त गरेका छन् । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सदाँ भन्दा अलि बढी चहलपहल थियो । लामिछाने नागरिकता पुनः प्राप्तिका लागि आउने भएपछि सञ्चारकर्मीहरूको बाक्लो भीड लागेको थियो । उता सर्वसाधारणहरू हरेक दिन जस्तै लाइन लागेर नागरिकता लिने प्रक्रियामा रहेका थिए ।
करिब साढे ११ बजेलामिछाने दलबलसहित प्रशासन पुगे । त्यहाँ पुग्ने बित्तिकै लाइन मिचेर कार्यालयभित्र छिरेर नागरिकता पुनः प्राप्ति प्रक्रिया अघि बढाए । प्रशासनले पनि तुरुन्तै नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु गरेको थियो ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने आइतबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेका हुन् । सर्वसाधारणहरू नागरिकता बनाउन सास्ती खेपिरहँदा पूर्वगृहमन्त्रीले विशेष सुविधा पाएका थिए ।