News

प्रेमप्रसाद आत्मदाह प्रकरणः भाटभटेनीका सञ्चालन गुरुङलाई ३ घण्टा प्रहरीले ठिङ्ग्यायो

प्रेमप्रसाद आत्मदाह प्रकरणः भाटभटेनीका सञ्चालन गुरुङलाई ३ घण्टा प्रहरीले ठिङ्ग्यायो

संसद् भवनअगाडि पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग बयान लिएको छ। गुरुङले करिब ३ घण्टा लामो बयान दिएका छन् ।

आगो लगाउनु अघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा अनुसन्धान थालेको प्रहरीले गुरुङसँग बयान लिएको हो। गुरुङमाथि आचार्यले पाउनु पर्ने रकम नदिएको आरोप छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले स्रोतले जनाएको छ। प्रेमप्रसादले भाटभटेनी लगायतले उधारोमा सामान लिई त्यसको विक्रिबाट आएको पैसा कयौंदिनसम्म ब्यवसायमा लगानी गरेर मात्रै उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै’, उनले भनेका थिए ।

भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि आचार्यले लेखेका छन् । तिनै विषयमा गुरुङसँगसोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो । उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ ।

अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

प्रेमप्रसाद आचार्य मिनबहादुर गुरुङ

विशेष