News बैंकिङ

माछापुच्छ्रे बैंकद्वारा स्वेटर र ब्ल्यांकेट वितरण

माछापुच्छ्रे बैंकद्वारा स्वेटर र ब्ल्यांकेट वितरण

माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो ।

यसैगरी, पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ । 

बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघ–संस्थाहरुलाई सहयोग गर्दै आएको थियो । माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

विशेष