News

विराटनगरबाट महिलालाई बलात्कारपछि भारत लैजान खोज्ने २ भारतीय पक्राउ

विराटनगरबाट महिलालाई बलात्कारपछि भारत लैजान खोज्ने २ भारतीय पक्राउ

विराटनगरको एक होटलमा एक महिलालाई बलात्कार गरी भारत लैजान खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन।

भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत माघ १२ गते झापा घर बताउने २७ वर्षीया महिला १४ वर्षीया बालिकासहित विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा आएकी थिईन। ति बालिका महिलाकी दिदीकी छोरी भएको खुलेको छ।

महिलाले होटल सञ्चालकलाई काम दिन आग्रह गरेकी थिईन। होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने तर इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएर काममा राखे। यो सवै कुराकानी दुई जना ब्यक्तिले सुनिरहेका थिए।

सोही होटलमा वसेका उनीहरूले राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले। त्यही क्रममा महिलामाथि दुई भारतीयले त्यही राती बलात्कार गरेको खुलेको । त्यसको भोलीपल्ट उनीहरुले महिला र बालिकालाई भारत लैजाने तयारी गरे।

सोही क्रममा सीमा क्षेत्रबाट दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि घट्नाको वारेमा जानकारी भएकाले थप अनुशन्धान भईरहेको प्रहरीको भनाई छ।
 

विशेष