News

आफु विरुद्धको जनमत वढेपछि बालेन्द्र साहले प्रधानमन्त्रीलाई भेटे

आफु विरुद्धको जनमत वढेपछि बालेन्द्र साहले प्रधानमन्त्रीलाई भेटे

आफु विरुद्ध जनमत वढ्दै गएका वेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहाललाई भेटेका हुन् ।

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको लगायतका आरोप लगाउँदै बालेन्द्र विरुद्ध काठमाडौंमा आन्दोलन भएको थियो ।

आन्दोलनमा मेयरका पराजित उम्मेदवार सुमन सायमी पनि सहभागि थिए । मेयरमा बालेन्द्र साह निर्वाचित भएपछि निकालेको विजय जुलुसमा उनीसँग पराजित भएका स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका थिए । उनले आफूले नजिते पनि आफ्नो जस्तै उद्देश्य र मुद्दा भएको मान्छेले जित्दा खुशी लागेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।

तर निर्वाचनको १० महिनापछि नै सायमी बालेनविरुद्ध सडक संघर्षमै उत्रिएका छन् । यहाँसम्म आइपुग्दा बालेन्द्र र उनको उद्देश्यमा आकाश–जमिनको फरक देखिएको छ । बालेन्द्रले निजी सम्पत्तिमा डोजर चलाएको, संविधान र कानुनले दिएको अधिकारसमेत हनन गरेको भन्दै सायमीले आइतबार माइतीघरमण्डलामा भने ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरंकुश भएर आएका छन् ।’

महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको छ । केही ठाउँमा काम रोकिन थालेपछि बालेन्द्रले तत्काििलन गृहमन्त्री रवि लामिछानेसँग पनि सहयोग मागेका थिए । 
 

विशेष