News विदेश

ओडिशाका स्वास्थ्यमन्त्रीलाई प्रहरीले गोली हानेर मार्यो

ओडिशाका स्वास्थ्यमन्त्रीलाई प्रहरीले गोली हानेर मार्यो

भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीले गोली हानेर मारेको छ। आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।

झारसुगुडाको बज्रराजनगर भन्ने स्थानको गान्धी चोकमा उनीमाथि भारतीय प्रहरीका असईले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाईते भएका दासलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाईएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् ।

सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल –बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।

विशेष