News

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहीबार गर्ने निर्णय गरेको छ। यसैगरी, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आयोगले आज मिति तोकेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

विशेष