News स्वास्थ्य

काउन्सिलको निस्पक्षतामा शंका नगर्न र भ्रममा नपर्न अध्यक्ष कोईरालाको आग्रह

काउन्सिलको निस्पक्षतामा शंका नगर्न र भ्रममा नपर्न अध्यक्ष कोईरालाको आग्रह

नेपाल मेडिकल काउन्सिलका अध्यक्षमा प्रा. डा. भगवान कोइरालाले मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परिक्षा निस्पक्ष रुपमा भईरहेको जनाएका छन् ।

परिक्षामा विचौलियाको चलखेल भईरहेको र परिक्षार्थीलाई विभिन्न प्रलोभन दिईएको विषयमा टिकाटिप्पणी हुन थालेपछि अध्यक्ष कोईरालाले परिक्षामा कुनै प्रकारको कमजोरी र बदमासी नहुने दावी गरे।

‘कसैले आफनो स्वार्थका लागि केही भनेको होला, त्यसको जिम्मेवार उ स्वयम हो। काउन्सिलकातर्फबाट कुनै कमोजारी भएको छैन, त्यस्तो पाए ठाउँको ठाउँ कारवाही हुन्छ’ अध्यक्ष कोईरालाले भने–‘सम्वन्धित परिक्षार्थी पनि कसैको भ्रमको पछाडि नलाग्न र आफनो तयारी गर्न आग्रह गर्दछु।’

यसअघि काउन्सिलले सूचना जारी गरेर पछि यो विषयमा प्रष्ट पारेको थियो। 

‘नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा र विशेष परिक्षालाई थप सुरक्षित र प्रविधिमैत्री वातावरणमा संचालन गर्दै आईरहेको सर्वविदितै छ। केही दिन यता विभिन्न ब्यक्ति तथा कोचिङ कक्षा संचालन गर्ने ब्यक्ति÷संस्थाहरुले परिक्षार्थीहरुलाई झुटो आश्वासन दिई आर्थिक लाभ लिन खोजेको र काउन्सिलको वदनाम गरी अविश्वास उत्पन्न गराउन खोजेको गुनासो प्राप्त हुन आएको हुँदा यस्ता भ्रामक र गलत आश्वासनको पछि नलागी काउन्सिलबाट निर्दिष्ट पाठ्यक्रम अनुसारको तयारी गरी परिक्षामा सामेल हुन सवै परिक्षार्थीहरुलाई सुचित गरिन्छ’ सूचनामा भनिएको छ–‘यसका साथै यस्तो गलत आश्वासनको जानकारी प्राप्त हुन आएमा त्यसको जानकारी यथाशिघ्र काउन्सिललाई दिनुहुन सम्वन्धित सवैमा अनुरोध छ।’
 

विशेष