News

कारागारभित्रै कैदी बलात्ककृत, बलात्कार मुद्दाकै सजाय भोग्दैछन आरोपी

कारागारभित्रै कैदी बलात्ककृत, बलात्कार मुद्दाकै सजाय भोग्दैछन आरोपी

दाङको तुलसीपुर कारागारमा बलात्कार मुद्दाको सजाय भोगीरहेका कैदीले कारागारभित्र पनि एक महिला कैदीलाई बलात्कार गरेका छन्। बैंकिङ कसुरमा सजाय भोगिरहेकी महिला चौकीदारलाई अर्का चौकीदार खुमबहादुर चौधरीले बलात्कार गरेका हुन। चौधरीले महिलालाई धम्की दिएर बलात्कार गरेको आरोप छ ।

प्रहरीकाका अनुसार घट्ना गत कार्तिक १७ गते दिउँसो करिव २ बजे भएको थियो। कारागार प्रशासनले घट्नालाई गुपचुप राख्न प्रयास गर्दा ढिलो गरी सार्वजनिक भएको हो। किचनमा पानी तताउन पसेका वेला खुमबहादुरले ढोकाको चुक्कुल लगाएर आफुलाई बलात्कार गरेको महिलाको आरोप छ। 

जेलर रम्बा केसीले घट्नाका वारेमा सोही दिन दुवैलाई सोधपुछ गरेकी थिईन। सोधपुछका क्रममा महिलाले पानी तताउन किचेनमा गएको वेला खुमहादुरले आफूमाथि जबरजस्ती गरेको बताएकी थिईन। त्यसपछि स्वास्थ्य जाँच गरि त्यही दिन खुमबहादुरविरूद्व जबरजस्ती करणीको जाहरी दर्ता गरिएको थियो।

चौकीदारलाई नियमअनुसार कैदी बस्ने जेलबाट कारागारको प्रशासनिक भवनमा आउने सुविधा हुन्छ। सोही सुविधा उपयोग गरी कारागारभित्रै बलात्कार भएको जेलर केसीले बताईन।

यद्यपी, कारागार प्रशासनले कारागारभित्रै कैदी बलात्कार भएको घटना गुपचुप पार्न लागेको थियो । इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले कारागारभित्रै बलात्कार भएको उजुरी आएपछि कानूनी कारबाही अघि बढाएको बताए । आरोपी जेलमै भएकाले प्रहरीले हिरासतमा लिन नपरेको मल्लले बताए ।

डीएसपी मल्लका अनुसार बलात्कार आरोपी खुमबहादुर यसअघि पनि बलात्कार मुद्दामै तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

बलात्कारकै सजाय भोगिरहेका कैदीले कारागारभित्रै फेरि बलात्कार गरेको यो नेपालकै पहिलो घटना भएको डीएसपी मल्ल बताउँछन् ।

बलात्कार तुलसीपुर कारागार

विशेष