News

किन पक्राउ परे नेपाली सेनाका उपरथी प्रेम शाही ?

किन पक्राउ परे नेपाली सेनाका उपरथी प्रेम शाही ?

सर्वोच्च अदालतको पत्र बोकेर वसेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले जानकारी दिए।  

‘आर्थिक अनियमितता लगायतका विषयमा छानविन गर्न उहाँलाई ब्यारेकमै बस्न निर्देशन दिइएको हो। अहिले स्वास्थ्य परीक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ,’ उनले भने,‘ उहाँको अनुसन्धान नसकिएसम्म जंगी अड्डाकै उपयुक्त ठाउँमा राखिनेछ।’ 

उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो। सर्वोच्चको आदेश अनुसार शाही थप एक वर्ष जागिर खान सक्थे।

शाही सर्वोच्चको आदेश लिएर जंगी अड्डा फर्किने तयारीमा थिए। तर जंगी अड्डाले उनलाई आर्थिक अनुशासनसम्बन्धी पुरानो मुद्दा जोडेर ब्यारेकमा तानेको हो। 
 

विशेष