News

आत्मदाह प्रकरणः मिनबहादुरपछि उपेन्द्र महतोसँग प्रहरीले लियो बयान

आत्मदाह प्रकरणः मिनबहादुरपछि उपेन्द्र महतोसँग प्रहरीले लियो बयान

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घट्नामा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ । 

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । एसएसपी दानबहादुर कार्कीले महतोसँग मंगलबार बयान लिइएको पुष्टि गरे । 

आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको हो । 

आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गरेका थिए । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका छन्।

प्रहरीले यसअघि भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङसँग पनि बयान लिएको छ।

यो पनि,

प्रेमप्रसाद आत्मदाह प्रकरणः भाटभटेनीका सञ्चालन गुरुङलाई ३ घण्टा प्रहरीले ठिङ्ग्यायो

विशेष