पतिलाई बलात्कार मुद्दामा जेल पठाउन खोजेकी निहारिकाले किन गरिन मिलापत्र ?

बलात्कार मुद्दा लगाएर जेल पठाउन तयार भएकी सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले अन्ततः तिनै केटासँग घरजम गर्ने भएकी छिन्। उनले आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा शिवराज श्रेष्ठ विरुद्ध पुनरावेदनको मुद्दा लडिरहेकी छिन्।
तर, सोमवार उनले तिनै श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै निहारिकाले मिलापत्र गरेको जनाईएको छ। आफूलाई कुमारी आमा भनेर चिनाउने राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।
शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् ।
यसैविच उनले गत माघ १५ गते आइतबार धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । निहारिकाको निवेदनमा आफूहरू ०७५ सालदेखि पति पत्नी भई बसेको र आफूहरुबीचको सम्बन्धबाट एउटा बालकको समेत जन्म भएको उल्लेख गरेकी छिन् । निहारिकाको निवेदनमा ‘पति शिवराज श्रेष्ठले खान लाउन नदिएको, मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको’ आरोप लगाएकी थिइन् ।
यो निवेदनसँग उनले मिलापत्र गर्न खोजेको अनुमान गरिएको थियो। त्यसको भोलिपल्ट प्रतिवादी शिवराज श्रेष्ठले प्रतिउत्तर दिँदै आफूहरुबीच प्रेम सम्बन्ध रहेको, विवाह गरी बसेको र आफूहरुबीचको सम्बन्धबाट एक बालकको जन्मसमेत भएको स्वीकार गर्दै आफूले कुटपीट नगरेको र वादीले अंश लिन चाहेमा दिने भनेका छन् ।
माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको छ। धनुषा जिल्ला अदालतमा श्रीमान् र श्रीमती मिलेर बस्ने मिलापत्र भएसँगै अब निहारिकाले उच्च अदालत जनकपुरमा दिएको बलात्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ ।
यो पनि,
- बलात्कार मुद्दाबाट पछि हटिन निहारिका, जिल्ला अदालतमा अंशमुद्दा दर्ता
- निहारिका राजपुतका छोराको डिएनए बलात्कार आरोपी जिवराजसँग मिल्यो
- निहारिका प्रकरणः शिवरामलाई ५ दिन थुनामा राख्न सिडिओको अनुमती
- निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ
- निहारिकाले बलात्कारी भनेका श्रेष्ठलाई अदालतले यसरी दिएको थियो सफाई
- सरकारलाई ज्वालाको धम्कीः पेट बोकाएर भाग्नेलाई २४ घण्टाभित्र अदालतमा दाखिला गर
- निहारिका प्रकरणमा नायिका करिश्मा विवादमा, ज्वाला संग्रौलाले दिईन यस्तो जवाफ
- राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास