News विदेश

बलात्कार आरोपी कथित धर्मगुरु आसारामलाई जन्मकैदको सजाय

बलात्कार आरोपी कथित धर्मगुरु आसारामलाई जन्मकैदको सजाय

भारतका कथित धर्मगुरु आसाराम बापुलाई बलात्कारको मुद्दामा अदालतले जन्मकैदको सजाय सुनाएको छ। गान्धीनगरको एक अदालतले उनलाई यस्तो फैसला सुनाएको हो।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन्। उनी बलात्कारकै अर्को एक मुद्दाको सजाय काटिरहेका छन्। उक्त मामिलामा पनि उनलाई जन्मकैदकै सजाय तोकिएको छ। यो घटना २०१३ कै हो।

राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप पुष्टि भएपछि आसाराम जेल पुगेका हुन्। पछिल्लो फैसाला पनि आशारामले एक पूर्व महिला शिष्यालाई बलात्कार गरेको आरोपको मुद्दामा आएको हो।

यो घट्ना पनि सन् ०१३ मा भएको हो। यो मुद्दा अदालतमा पुगेको थियो।

विशेष