News

प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार, किन हुँदैछ तारन्तार भेटघाट ?

प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार, किन हुँदैछ तारन्तार भेटघाट ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सकारी निवास बालुवाटार पुगेका छन्। समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।

सरकार गठन भएको दुई साता हुँदा पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने वताएका छन्। अर्कातिर प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीले अझै पनि मन्त्रालय पाउन सकेका छैनन्।

यस्तो अवस्थामा प्रधानमन्त्रीसँग छलफलका लागि ओली बालुवाटार पुगेका हुन्। सोमबार मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग बालकोट र प्रधानमन्त्री दाहालसँग बालुवाटारमा संवाद गरेका थिए। 
 

विशेष