News

चित्तवुझ्दो भाग पाए जसपा सरकारमा जाने

चित्तवुझ्दो भाग पाए जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा)ले चित्त वुझ्दो भाग पाए सरकारमा जाने निर्णय गरेको छ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएपछि सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको हो ।

बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको जनाईएको छ।

सम्मानजनक अवस्था नआए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने पार्टीको निर्णय छ। बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

विशेष