जेलमुक्त हुन वार्गेनिङ गरिरहेका रेशम चौधरी पेशी तोकियो

जेल मुक्त हुन सरकारसँग वार्गेनिङ गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दामा आजका लागि पेसी तोकिएको छ।
टिकापुर घटनाको उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिसकेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाईएको छ।
प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले ०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो। त्यसको करिब २ वर्ष पछि ०७७ साल पुस ३ गते उच्च अदालत दिपायललेले पनि रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ।