News अपराध सुरक्षा

हिरासतबाट थुनुवा फरार प्रकरणः ३ प्रहरी निलम्वित, टिमैलाई जिल्ला तानियो

हिरासतबाट थुनुवा फरार प्रकरणः ३ प्रहरी निलम्वित, टिमैलाई जिल्ला तानियो

हिरासतबाट ६ जना थुनुवा फरार भएको घट्नामा धनुषाको सखुवा महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयका तीन जना प्रहरी जवानलाई निलम्वन गरिएको छ। यसैगरी २५ जनाको टिमलाई नै जिल्ला तानिएको छ ।

६ जना थुनुवा फरार भएको घट्नामा धनुषाको सखुवा महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयका तीन जना प्रहरी जवानलाई निलम्वन गरिएको छ। यसैगरी २५ जनाको टिमलाई नै जिल्ला तानिएको छ ।

इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई नै सोमबार जिल्ला तानिएको जनाईएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले सई मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् । 

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि,

हिरासत फोडेर ६ जना थुनुवा फरार हुँदा पनि प्रहरी वेखवर

विशेष