ज्ञानेन्द्र शाहीको विरोध गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ
![ज्ञानेन्द्र शाहीको विरोध गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/lakpa.jpg)
सांसद ज्ञानेन्द्र शाहीको विरोध गर्दा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ परेका छन्। सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाही विरुद्ध दक्षिण गेटमा उनले नाराबाजी गरेका थिए।
उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।